नुनको अभाव भएको कालिकोटमा ५ सय क्विन्टल आयोडिन नुन पुग्यो

सहयात्रा टिभी

काठमाडौं । पुस १३, कालिकोटमा आयोडिन नुन पुगेको छ । केही दिनअघि मात्रै अभाव भएको सूचना निकालेको मान्म डिपोले अहिले नुन आइसकेको जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालय मान्ममा पछिल्लो पटक गरी ८ सय १० क्विन्टल नुन पुगेको हो । यो वर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा यसअघि ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको थियो ।

पहिलो चरणमा पुगेको नुन सकिएपछि डिपोले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई नुन लिन नआउन आग्रह गरेको थियो । आज पनि थप एक गाडी अर्थात् १ सय ७० क्विन्टल नुन आइपुग्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालयका प्रमुख डम्बरबहादुर बुढाले जानकारी दिनुभयो । अब नागरिकले सहजै नुन पाउने उहाँको भनाइ छ ।

डिपोले नजिकका बासिन्दालाई एक पटकमा २ किलो र टाढाकालाई ५ किलो नुन दिने गरेको छ । सरकारले अनुदानमा दिएको यो नुन पाँच किलोको ४५ रुपैयाँ पर्ने गरेको छ । यसअनुसार एक पोकालाई ९ रुपैयाँ पर्ने गरेको छ ।

 

प्रकाशित : 28 December, 2022

प्रतिक्रिया दिनुहोस्