केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप २०२२ मा मेस्सी बसेको कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने

सहयात्रा टिभी

काठमाडौं । पुस १३, अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ ।

कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्यालयको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ ।

कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै आएको थियो । त्यही क्रममा मेस्सी बसेको कोठा नम्बर बी २०१ को फोटो शेयर गर्दै त्यसलाई संग्रहालय बनाउने घोषणा गरेको हो ।

तर त्यो संग्राहलय अहिलेकै अवस्थामा सञ्चालन गर्ने कि क्याम्पस परिसरमा अन्त कतै लिएर राख्ने भन्ने खुलाएको छैन । अ‍र्जेन्टिनी फुटबल टोली महँगा पाँच तारे होटलमा नबसेर कतार विश्वविद्यालयका कोठामा बसेको थियो ।

डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ (एक प्रकारको गोरुको सेकुवा) बनाउन सजिलो हुने भएकाले अ‍ेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो ।

विश्वविद्यालयले राखेको एउटा भिडियोमा मेस्सी बसेको कोठामा उनीहरुकै जर्सीको जस्तो सेतो र नीलो रङ्ग लगाइएको छ । यस्तै हलमा विश्वकप विजयी हुँदाका तस्बिरहरु झुण्ड्याइएका छन् । यस्तै जर्सी र खेलाडीहरुका अटोग्राफ लेखिएका छन् ।

फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिना हो । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्विकप विजेता बनेको हो ।

 

 

प्रकाशित : 28 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्