वागमती प्रदेशसभामा कांग्रेसबाट संसदीय दलको नेतामा लामा निर्वाचित

सहयात्रा टिभी

काठमाडौं । पुस १३, नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।

 

प्रकाशित : 28 December, 2022

प्रतिक्रिया दिनुहोस्