मधेसका स्वतन्त्र सांसद महतो प्रवेश गरे माओवादीमा

सहयात्रा टिभी

काठमाडाै । पुस १४, मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्।

महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए। यो क्षेत्र वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा उम्मेदवार परेपछि उनी माओवादी परित्याग गरेका थिए।

तत्कालीन गठबन्धनका उम्मेदवार डिल्लीप्रसाद उप्रेती यहाँ तेस्रो भएका थिए। मधेसमा ६ जना स्वतन्त्र सांसद छन्। तीमध्ये थप २ जना पनि माओवादी प्रवेशको तयारीमा छन्। अहिले मधेसमा माओवादीका सांसद ९ जना पुगेका छन्।

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्