बालक हत्यामा संलग्न भोम्जन पक्राउ

सहयात्रा टिभी

मकवानपुर । पुस १४, बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर-१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो ।

उक्त बालकको हत्या भएको ठहर गर्दै प्रहरीले प्रहरीले हेटौंडा-१६ बाबेडाँडाका ३८ वर्षीय आइत सिं भोम्जनलाई बालकको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरि सार्वजनिक गरेको हो । भोम्जन सोही स्थानका मेघ बहादुर थिङका १२ वर्षीय छोरा मुस्कान भनिने सुजन थिङको हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्