भागदौड हुँदा भारतको आन्ध्र प्रदेशमा ७ जनाको ज्यान गयाे

सहयात्रा टिभी

काठमाडौं । पुस १४, भारतको आन्ध्र प्रदेशकाे नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको ज्यान गएको छ । केही कार्यकर्ता घाइते भएका छन् ।

पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक कार्यक्रममा भागदौड भएको थियो । अहिलेकाे राज्य विधानसभामा विपक्षी नेता नायडुले हिजो बेलुका एउटा सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रमका लागि जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नेता नायडुले ज्यान गुमाएकाका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

 

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्