कांग्रेस संसदीय दलको नेतामा मधेश प्रदेशबाट कृष्णप्रसाद यादव निर्वाचित

सहयात्रा टिभी

काठमाडौं । पुस १४, मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् ।

कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् । सहमतिबाट नभएपछि दलको नेता छान्न आज जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो ।

 

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्