ओनसरी घर्तीले आफू उपराष्ट्रपति पदमा दाबी नगरेको खुलासा

सहयात्रा टिभी

काठमाडौं  । पुस १५, पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन् ।

आफूले उपराष्ट्रपति पदमा दाबी गरेको भन्ने हल्ला चलेको र केही सञ्चार माध्यमले समाचार समेत बनाएको भन्दै उनले त्यसको खण्डन गरिन् । आफूले पार्टी नेतृत्व समक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीको भनाइ छ ।

 

प्रकाशित : 30 December, 2022

प्रतिक्रिया दिनुहोस्