विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । पुस १५, विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पेलेको उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।
सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएका पेले अझै पनि विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् ।
२१ वर्षको लामो फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गोल गरेको विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो ।