कैलालीमा हाईस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

सहयात्रा टिभी

कैलाली । पुस १६, कैलालीमा शनिबार बिहान हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाईते भएका छन् ।

महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१–ज ४०६ नम्बरको हाइस गौरिगंगा नगरपालिका–६ वनवेहडामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि लगिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 31 December, 2022

प्रतिक्रिया दिनुहोस्