१८ पुसदेखि अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडाै । पुस १७, अल्का अस्पतालले १८ पुसदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलमा रहेको अल्का अस्पतालले १८ देखि २२ पुससम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए ।
शिविरमा स्वास्थ्य जाँच गरिएकालाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको समेत अस्पतालले बताएको छ । त्यस्तै, एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ ।
शिविरमा सहभागीले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन । अल्का अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरूमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो । अस्पतालले उपचारमा भित्रिएका नयाँ–नयाँ प्रविधिहरू भित्र्याएर बिरामीहरूलाई सेवा दिँदै आइरहेको छ ।