सुविधा सम्पन्न पोखरा एयरपोर्टले आजैबाट आन्तरिकतर्फको उडान सुरू

सहयात्रा टिभी

काठमाडौं । पुस १८, पोखरामा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि आन्तरिकतर्फको उडान सुरू भएको छ।

नयाँ एयरपोर्टबाट आन्तरिक उडान हुन थालेपछि अब पोखराबाट रातको समयमा समेत उडान र अवतरण हुन सक्नेछ। पोखराको नयाँ एयरपोर्टमा भएको यो सुविधाका कारण देशभरको जहाज डिले हुने समस्यामा थौरै भए पनि राहत मिल्ने देखिएको छ।

यसअघि विमान कम्पनीहरूले पोखरामा राती उडान गर्न नपाउँदा अन्य विमानस्थलका यात्रुलाई कुराएर भए पनि दिउँसोको उज्यालोमै पोखराबाट यात्रु ओसार्न जहाज पठाउने गरेका थिए। जसका कारण अन्य एयरपोर्टमा अबेरसम्म यात्रु जहाज कुर्नुपर्ने बाध्यतामा थिए।

रात्रीकालीन उडान भने फ्रेब्रुअरी २३ देखि इन्सट्रुमेन्ट ल्यान्डिङु सुरू गरेपछि गरिने जानकारी प्राप्त भएको छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ यात्रु होल्डु गर्ने क्षमता समेत धेरै छ।

पुरानो एयरपोर्टमा नभएको पूरा शरीर स्क्यान गर्ने क्षमता नयाँ एयरपोर्टमा छ। लिक्युड जाँच गर्ने क्षमता पनि थपिएको जानकारी प्राप्त भएको छ ।  रनवे पनि ठूलो भएका कारण सुरक्षित अवतरण गर्न मिल्ने देखिएको छ।

 

 

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्