फिल्म ‘डिसेम्बर फल्स’ले दर्शक तान्न सकेन

सहयात्रा टिभी

काठमाडौं । पुस १८ फिल्म प्रदर्शनअघि ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद , रिजालले दुईवटा दाबी गरेका थिए । पहिलो- फिल्मले ९ करोड रुपैयाँ कमाउँछ र दोस्रो- यो फिल्म फाइभस्टारको मःम हो ।

निर्माताको दाबी विपरीत यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । ल्होसार र अंग्रेजी नयाँवर्ष २०२३ को छेकोलाई समेत फिल्मले आफ्नो हितमा प्रयोग गर्न सकेन ।

पहिलो सप्ताहन्तमै ‘वर्ड अफ माउथ’ प्राप्त गर्न नसकेपछि ठूला मल्टिप्लेक्सले शोमा कटौती गरेका छन् । शुक्रबार र शनिबार दुई दर्जन शो दिएको क्यूएफएक्सले सोमबार १६, मंगलबार ९ र बुधबार २ शो दिएको छ ।

 

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्