मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । पुस १९, काठमाडौँको बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिजो बेलुका बूढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको मृत्यु भएको हो । साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।