राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द

सहयात्रा टिभी

काठमाडौं । पुस १९, राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन् ।

अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ ।

 

 

 

प्रकाशित : 3 January, 2023

प्रतिक्रिया दिनुहोस्