नेप्सेमा उच्च अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । पुस २०, बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।

बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ । बुधबार सबै उपसूचकमा हरियाली छायो । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकमा ९.७४ प्रतिशतको वृद्धि हो ।

 

प्रकाशित : 4 January, 2023

प्रतिक्रिया दिनुहोस्