विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालको आग्रह

सहयात्रा टिभी

काठमाडौं । पुस २०, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार अपरान्ह सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग अध्यक्ष नेपालले भेट गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिए । सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेका अध्यक्ष नेपालले जानकारी दिए । उनले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीहरुबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया समेत सञ्चारकर्मीलाई दिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफल समेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन् ।

प्रकाशित : 4 January, 2023

प्रतिक्रिया दिनुहोस्