गोठमा बालिएको घुरबाट आगलागी हुँदा सात लाख रुपैयाँभन्दा बढीको क्षति

काठमाडौँ । पुस २१, सप्तरीको राजगढ गाउँपालिका-१ झुटकी गोठटोलमा हिजो बिहान लागेको आगलागीबाट लाखौँको क्षति भएको छ ।
धर्मनारायण यादवको गोठमा बालिएको घुरबाट सल्किएको आगोले उहाँको दुईवटा घर र सम्पूर्ण समान जलेर नष्ट हुँदा ७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।
आगलागीबाट धान, चामल, गहुँ, लताकपडा, नगद लगायतका समान जलेर नष्ट भएको प्रहरी चौकी झुटकीले जनाएको छ । यस्तै, राजगढ गाउँपालिका-२ कमलपुरमा आगलागी हुँदा झन्डै एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
स्थानीय देवेन्द्र यादवको घरमा आगलागी हुँदा १ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। दुवै ठाउँमा लागेको आगो स्थानीयवासी र प्रहरी, दमकलको सहयोगमा हिजै आगो निभाइएको प्रहरीले जनाएको छ ।