पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गोरखादेखि काठमाडौंसम्मको पैदलयात्रा सुरु

सहयात्रा टिभी

काठमाडौँ । पुस २१, गोरखादेखि काठमाडौसम्मको पैदल मार्गमा नेपाली सेनाले पदयात्रा सुरु भएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सेनाले पदयात्रा सुरु गरेको हो ।

बिहीवार एक कार्यक्रमका बीच गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा सुरु गरेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । यो पदयात्रालाई सेनाले एकीकरण पदयात्रा नाम दिएको छ । उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती विष्टले जानकारी दिए ।

 

 

प्रकाशित : 5 January, 2023

प्रतिक्रिया दिनुहोस्