एकीकरण दिवस मनाउन नुवाकोटमा पुस २७ सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडौँ । पुस २१, नुवाकोटको विदुर नगरपालिकाले पुस २७ गते एकीकरण दिवस मनाउन  सार्वजनिक बिदा दिएको छ ।

१७ पुसमा बसेको कार्यपालिका बैठकले २७ पुसमा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक बिदा मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालका अनुसार बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।

 

प्रकाशित : 5 January, 2023

प्रतिक्रिया दिनुहोस्