काठमाडौंले सुरु गर्‍यो ‘टाइम कार्ड’, अब एक घण्टामै नागरिकता

सहयात्रा टिभी

काठमाडौँ । पुस २१, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् ।

उनका अनुसार राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुने छ । मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने भनिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर सेवा प्रवाहको अवस्थाको निरीक्षण गरेका छन् ।

उनले काठमाडौं प्रशासनले थालेको कामको प्रशंसा गर्दै नागरिकलाई सेवा लिन आउँदा सास्ती हुन नहुने बताए । लामिछानेले भने, ‘यो विस्तारै अन्यत्रका प्रशासनतिर पनि अभ्यास गर्नुपर्छ ।’

 

प्रकाशित : 5 January, 2023

प्रतिक्रिया दिनुहोस्