आहा रारा गोल्डकप शनिबार सकिँदै संकटा सँग अर्को विदेशी प्रतिस्पर्धी

काठमाडौं । पुस २२, सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ ।
उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् ।
बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा १ राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो ।