थारू भाषिका क्लष्टर राख्दा लोक सेवाको दरखास्त फारम भर्न समस्या

सहयात्रा टिभी

काठमाडौं । पुस २२, लोकसेवा आयोगले सरोकारवाला निकायसँग छलफल नै नगरी थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या भएको छ ।

अनलाइनमार्फत लोकसेवा आयोगले मातृभाषा सेक्शनमा अनिवार्य रुपमा थारू डंगुरा, थारू राणा, थारू चितावानिया र थारू कोचिला क्लष्टर छुट्याएर राख्दा दरखास्त फारम भर्न समस्या भएको हो ।

उक्त फारममा समस्या देखिएपछि सरोकारवाला निकायहरु थारू आयोग, थारूहरुको जातीय संस्था थारू कल्याणकरिणी सभा, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान र भाषा आयोगका पदाधिकारीहरुले भने थारूको मातृभाषामाथि लोक सेवा आयोगले ठाडो हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले लोक सेवा जस्तो गरिमायमय संवेधानिक आयोगले सरोकारवाला पक्षसँग बिना कुनै बहस, छलफल नै नगरीकन जबरजस्ती अनिवार्य लागू गराउनु गैर-संवैधानिक काम भएको आरोप लगाएका छन् ।

थारू आयोगका अध्‍यक्ष विष्णुप्रसाद चौधरीले थारू जातिको मातृभाषा हालसम्‍म आयोगले थारू नै सिफारिस गर्दै आएको र यसको भाषिकामाथि छलफल मात्रै भएकोले लोकसेवाले आफ्नो फारममा लागू गर्नु गलत रहेको बताए ।

 

 

प्रकाशित : 6 January, 2023

प्रतिक्रिया दिनुहोस्