विदेशबाट फर्किने यात्रुबाट जफत भएको १५१ वटा मोबाइल लिलामीमा

सहयात्रा टिभी

काठमाडौं । पुस २२, सरकारले  विदेशबाट फर्किने यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामका लागि राखेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुले भन्सारको छुट सुविधा मिचेर र कानुनको तोकेकोभन्दा बढी संख्यामा ल्याएको मोबाइल जफत गर्ने गरेको छ ।

ती मोबइल नियमित रुपमा लिलामी गर्ने गरेको कार्यालयको मुद्दा तथा लिलामी शाखाले १८ पुसमा १५१ थान मोबाइल ९आइफोनसहित० लिलामीमा राखेको हो ।

न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकेर लिलामीको सूचना प्रकाशित भएको हो । ३५ थान प्ले स्टेसनमा सामग्री पनि लिलामीमा राखिएको छ ।

गत १३ मंसिरमा पनि कार्यालयले करिब २६ लाख रुपैयाँ मूल्यको २७ थान मोबाइल लिलामीको सूचना प्रकाशित गरेको थियो । भन्सार तिर्नुपर्ने तय भएका मोबाइललाई यात्रुले शुल्क तिरेपछि ४५ दिनभित्र जाँचपास गरेर लैजान पाउँछन् ।

तर, केही यात्रुहरु यस्तो शुल्क तिर्न तयार नभएपछि उनीहरुको फोन लिलामीमा राख्ने गरिएको छ । यस्ता फोन लिलामीबाट कार्यालयले राजस्व पनि पाउँछ ।

शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाबाट १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको हो ।

विदेशबाट फर्किने नेपाली यात्रुले एउटा मात्रै मोबाइल साथमा ल्याउन पाउने व्यवस्था छ । तर, धेरै यात्रुले उपहार स्वरुप ल्याएका फोन समातिने गरेका छन् ।

 

प्रकाशित : 6 January, 2023

प्रतिक्रिया दिनुहोस्