सेतीमा बगेर एक जनाको मृत्यु

सहयात्रा टिभी

दिपायल । पुस २४, डोटीको दिपायलमा सेती नदीमा बगेर एकजनाको ज्यान गएको छ।

नदीमा बगेर दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका वर्ष ३३ का तेज कामीको ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रनानी रुपसिंह थापाले जानकारी दिए।

आज दिउँसो नुहाउने क्रममा कामी नदीमा बगेका हुन्। बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलको टोली घटनास्थलमा पुगी उद्धार गरे पनि पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्