प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम दिन आज

सहयात्रा टिभी

काठमाडौँ । पुस २४, प्रदेश १ मा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आज रहेकाे छ।

पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरूले दाबी पेश गर्ने तयारी गरिरहेका छन्।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ। प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ।

नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन्। जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन्।

यसैगरी, राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्