साताको पहिलो दिन नप्से परिसूचक दोहोरो अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २४, नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आइतबार २०.५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४.४८ को बिन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ ।

आइतबार १३३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । खप्तड लघुवित्त र बाराही हाइड्रा पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशत हाराहारीले वृद्धि भयो ।

आइतबार दोस्रो बजारमा सबै भन्दा धेरै २१ करोड रुपैयाँ भन्दा बढीको हिमालयन डिष्टिलरीको सेयर कारोबार भयो । यस्तै १९ करोड ६८ लाख रुपैयाँ बराबरको शिवम् सिमेन्टको सेयर खरिद बिक्री हुँदा राधी पावरको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो । आइतबार बुद्धभूमि हाइड्रो पावर, वीन नेपाल लघुवित्त र सृजनशिल लघुवित्त कम्पानीको सेयर मूल्य ४ प्रतिशत बढीले घट्नु पुग्यो ।

 

प्रकाशित : 8 January, 2023

प्रतिक्रिया दिनुहोस्