पालुन खोला हाईड्रोपावरले १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २५, पालुनखोला हाईड्रोपावर कम्पनी लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणलाई १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक काम गर्नका लागि विक्री प्रबन्धक नियुक्तीको काम सम्पन्न गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । पुस २४ गते निष्कासन कर्ता कम्पनी र प्रभु क्यापिटलबीच आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकको जिम्मेवारी पुरा गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माणका लागि कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

प्रकाशित : 9 January, 2023

प्रतिक्रिया दिनुहोस्