नेपाल एयरलाइन्सले काठमाडौं–इलाम उडान गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २६, नेपाल एयरलाइन्सले काठमाडौं–इलाम उडान गर्ने भएको छ । आगामी माघ १ गतेदेखि उडान सुरु गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

काठमाडौं–इलाम उडान निगमको पहिलो उडान हो । सुरुमा सातामा एउटा उडान गर्ने र आवश्यकता अनुसार थपघट गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

“अहिले साताको एउटा उडान गर्दैछौं । त्यहाँको माग अनुसार थपघट गर्नेबारेमा पछि नै छलफल गर्ने छौं,” खड्काले भनिन् ।

प्रकाशित : 10 January, 2023

प्रतिक्रिया दिनुहोस्