निषेधित क्षेत्रमा लगेपछि हेलिकप्टर र पाइलट प्रहरी नियन्त्रणमा

संखुवासभा । पुस २६, संखुवासभामा प्रहरीले काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टरलाई नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान जेनेरेटर लिएर काठमाडौंबाट उडेको हेलिकप्टर एक घण्टाका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
अनुमति लिएको रूटबमोजिम नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार उनले खाँदबारीमा रोकेर भोटखोलाको हटिया लग्नुपर्नेमा उनले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेका थिए।
प्रहरीले उनीमाथि आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई पत्र लेख्ने जनाएको छ।