तीव्र उतारचढावका बीच नेप्सेमा गिरावट
काठमाडौ । पुस २६, सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।
मंगलबार बजार परिसूचक नेप्से २१.३४ अंकले घटेर २१९०.४२ अंकमा बन्द हुँदा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २२७७.६१ को उच्च बिन्दु २१७८.१९ अंकसम्म झरेको थियो ।
बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धिका बाबजुत अधिकाम्स उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको छ ।
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति जनताको भरोसाको संकेतका रूपमा लिएको बताइरहँदा सेयर बजारमा भने एकैदिन ९९.४२ अंकको उताचढाव देखिएको छ । बजारमा तीव्र उतारचढाव हुँदा सानो कित्तामा धेरै संख्यामा सेयर कारोबार भएको छ ।