प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

सहयात्रा टिभी

काठमाडौं । पुस २७, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै छन् । बुधबारबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।

प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेका यो पहिलो पटक हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : 11 January, 2023

प्रतिक्रिया दिनुहोस्