पत्रकार उमा सिंहको १४ औं स्मृति दिवस मनाइँदै

काठमाडाै । पुस २७, सहिद पत्रकार उमा सिंहको हत्या भएको आज १४ वर्ष पूरा भएको छ । नेपाल पत्रकार महासंघ धनुषालगायत विभिन्न छाता संगठनहरूले आज सिंहको १४ औं स्मृति दिवस मनाउँदै छन् ।
महासंघ धनुषा शाखाले आज साँझ ५ बजे जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको छ । महासंघले प्रत्येक वर्ष पत्रकार सिंहको स्मृति दिवस मनाउँदै आएको छ ।
उनको २७ पुस २०६५ मा जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा वीभत्स हत्या भएको थियो । उनको हत्या आरोपमा प्रहरीले ९ वर्षअघि २०७० मा धनगढीबाट उमेश यादवलाई पक्राउ गरेको थियो ।