पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापानमा कमल थापा पनि

सहयात्रा टिभी

काठमाडौं । पुस २७, पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् ।

थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युताएका थिए ।

राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरु पनि पुगेका छन् ।

 

 

 

 

प्रकाशित : 11 January, 2023

प्रतिक्रिया दिनुहोस्