प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । पुस २८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् ।

स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो । बुधबार प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए । बिहीबार भने ओली बालुवाटार पुगेका हुन् ।

 

प्रकाशित : 12 January, 2023

प्रतिक्रिया दिनुहोस्