हलिउडको ‘अवतार २’को कमाइ नेपालमा ९ करोड ग्रस नाघ्यो

सहयात्रा टिभी

काठमाडौँ । पुस २८, हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले चार सातामा नेपाली बक्स अफिसमा ९ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

ट्वेन्टिथ सेन्चुरी स्टुडियोको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चौथो आइतबारसम्म फिल्मले उक्त आँकडा पार गरेको जनाएको हो । उक्त कमाइ गर्दै ‘अवतार २’ कोरोना भाइरस महामारीयता नेपाली बक्स अफिसमा सर्वाधिक धेरै कमाइ गर्ने हलिउड फिल्म बनेको छ ।

‘स्पाइडरम्यान स् नो वे होम’को ७ करोड ३० लाख रुपैयाँ ग्रसको लाइफटाइम कलेक्सनलाई फिल्मले यसअघि नै उछिनिसकेको थियो । ‘अवतार २’को नेपालको लाइफटाइम कलेक्सन १० करोड पुग्ने प्रक्षेपण एप्पलले गरेको छ ।

 

 

प्रकाशित : 12 January, 2023

प्रतिक्रिया दिनुहोस्