मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुस २९, मकवानपुरमा स्कुटर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ ज्यामिरेमा सवारी दुर्घटना एउटै स्कुटरमा सवार तीनजना हुदा धर्मराज मोक्तान, मिलन मोक्तान र रुपेश तामाङको मृत्युभएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ३ बजे उनीहरुलाई अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भिर घाइते परेका तीनजनालाई प्रहरीले १२ बजे राति उद्धार गरेको थियो ।

उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा पठाएको थियो । तीनजना सवार स्कुटरलाई सवारी साधनले ठक्कर दिएको भएपनि अहिलेसम्म ठक्कर दिने सवारीको पहिचान नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 13 January, 2023

प्रतिक्रिया दिनुहोस्