‘मनसँग मन’को टिजरमा वर्षा र पुष्पको प्रेम सम्बन्धलाई चित्रण

काठमाडौ । माघ १, माघको २७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । टिजरमा मुख्य कलाकारहरु पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई चित्रण गरिएको छ ।
टिजरमा वर्षा र पुष्पले अभिनय गरेको चरित्रको प्रेम सम्बन्धलाई चित्रण प्रयास गरिएको छ । फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले एक गीतमा नृत्य गरेका छन् ।
फिल्ममा बुद्धि तामाङ र रविन्द्र झाको समेत मुख्य भूमिका छ । सौरभ इन्टरटेनमेन्ट र बालाजी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।
फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ । अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।