यतीको दुर्घटनाग्रस्त विमानले १५ वर्षदेखि उडान भरिरहेको थियो

सहयात्रा टिभी

काठमाडौ । माघ १, पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २०७७ मा बनेको खुलेको छ । फ्रान्सेली-इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो ।

यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको यो विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो ।

किंगफिसरले भीटी-केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडायो । अप्रिल २०१३ देखि यो विमान थाइल्यान्डको नोक एयरले किन्यो । एनओकेले एचएस-डीआरडी कलसाइनमा उडाएको यो विमान २० अप्रिल २०१९ मा यती एयरलाइन्सले किनेको थियो ।

यो विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डोमो उडान पनि भरेको थियो । नेपालमा सामान्य अवस्थामा उडिरहेको विमान आइतबार पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

 

प्रकाशित : 15 January, 2023

प्रतिक्रिया दिनुहोस्