जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा आज सार्वजनिक विदा

सहयात्रा टिभी

काठमाडौं । माघ १,  सरकारले आज सार्वजनिक विदा दिएको छ । आईतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


आईतबार चालकदलका चार सदस्यसहित ७२ जना सवार यती एयरको जहाज पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका ६६ जनाको शव फेला परेको छ । तर ६ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य अहिले बिहानैबाट सुरु गरिने जनाइएको छ। त्यस्तै भेटिएका मृतकको शव आफन्तलाई बुझाउने तयारी समेत भइरहेको छ । दुर्घटना लगत्तै आईतबार बसेको आकश्मिक बैठकले आज शोक विदा दिने निर्णय गरेको थियो ।

 

प्रकाशित : 16 January, 2023

प्रतिक्रिया दिनुहोस्