लुम्बिनीमा राप्रपाकी खाँणले उपसभामुख र माओवादीका घर्तीले सभामुखका लागि उम्मेदवारी दिने

काठमाडौं । माघ २, लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ ।
सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो । सहमति अनुसार आजै सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ (२) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी समानुपातिक सांसद मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गर्दैछन् ।
प्रदेश सभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो ।