मोटरसाइकल दुर्घटना हुँदा दाङमा २ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ २, दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

प्रकाशित : 16 January, 2023

प्रतिक्रिया दिनुहोस्