मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

सहयात्रा टिभी

काठमाडाै । माघ ३, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ६२ सांसदको समर्थन छ ।त्यस्तै, आज नै सभामुख चयनका मतदान हुनेछ । सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : 17 January, 2023

प्रतिक्रिया दिनुहोस्