डा. विमला राई पौडेल परराष्ट्रमन्त्रीमा पक्का, एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय

काठमाडौं । माघ ३, नेकपा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमालेले राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. पौडेलको नाम पक्का भएको छ । डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।