हत्या गरेको अभियोगमा एक जना पक्राउ

नुवाकोट । माघ ३, नुवाकोटमा आफ्नै दाइको हत्या गरेको अभियोमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई पक्राउ गरेको हो ।
ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै-झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।