युक्रेनी राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा
सहयात्रा टिभी
काठमाडौं । माघ ४, युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्कीले एक विज्ञप्तिमा युक्रेनको एयर डिफेन्सले निप्रो सहरमा रुसी मिसाइल खसालेको र उक्त मिसाइल भवनमा ठोक्किएको बताएका छन् ।
बीबीसीका अनुसार उक्त मिसाइल भवनमा ठोक्किँदा ४४ जनाको मृत्यु भएको छ । ओलेस्कीले आफूले ‘गल्ती’ गरेको र यसका लागि माफी पनि मागेको प्रष्ट पारेका छन् । उनको यो प्रतिक्रियाप्रति युक्रेनका जनता रुष्ट बनेका छन् । रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ ।


