कांग्रेस पदाधिकारीको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ४, प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ९ बजे बस्ने बैठकमा सभामुखमा उम्मेदवारीबारे औपचारिक निर्णय हुनेछ ।


मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ । प्रतिनिधि सभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

प्रकाशित : 18 January, 2023

प्रतिक्रिया दिनुहोस्