न्युजिल्याण्डकी प्रधानमन्त्रीले गरिन् राजीनामाको घोषणा

सहयात्रा टिभी

एजेन्सि । माघ ५, न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री‍ पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आगामी महिना न्युजिल्याण्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री आर्डर्नले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै ७ फेब्रुअरी आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् ।

गत ६ वर्ष चुनौतीपूर्ण पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनको भनाइ छ । केही समयपछि नै प्रधानमन्त्री आर्डर्नको कार्यकाल सकिँदै छ ।

न्युजिल्याण्डमा आगामी १४ अक्टोबरमा आम निर्वाचन हुँदैछ । सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि न्युजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्नेछन् । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् ।

प्रकाशित : 19 January, 2023

प्रतिक्रिया दिनुहोस्