उपसभामुखका लागि आज निर्वाचन हुँदै, प्रतिस्पर्धामा इन्दिरा र मुक्ताकुमारी

सहयात्रा टिभी

काठमाडौँ । माघ ७, प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज शनिबार निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो ।

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो ।

आजको बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् । यस्तै यादवको प्रस्तावकमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

प्रकाशित : 21 January, 2023

प्रतिक्रिया दिनुहोस्