राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौँ । माघ ९, नेपाली कांग्रेसले कानुनी बाधाअड्चन भए हटाएर राष्ट्रपतिको निर्वाचन चाँडै गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पादाधिकारी तथा पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।
डा. महतले माघ २९ भित्र राष्ट्रपतिको चुनाव गरिसक्नु पर्ने बताए । निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ ।‘माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं,’ बैठकपछि डा. महतले भने । संसदमा रहेको सबै दलहरूसँग कांग्रेसका राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने उनको भनाइ छ ।